+
+

विद्यार्थीले थाले ‘सेभ त्रिचन्द्र’ अभियान

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असार ७ गते ११:२१

७ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान चलाएको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगिएको छ ।

यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ ।

२०७२ को भूकम्पमा त्रिचन्द्रको घण्टाघर तर्फको भवनमा क्षति पुगेपछि अति जोखिमको संकेत स्वरुप रातो स्टिकर लगाइएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवन पुनर्निर्माण गर्ने भनिए पनि पुर्निर्माण नगर्दै प्राधिकरणको म्याद सकिएर त्यसको जिम्मा शिक्षा मन्त्रालयलाई दिइएको छ । शिक्षा मन्त्रालयले पनि हालसम्म पुनर्निर्माणमा चासो नदिएको भन्दै नेविसंघले दबावमुलक कार्यक्रम गर्दै आएको छ । अघिल्लो हप्ता नेविसंघले क्याम्पस अगाडिको सडकमै पढेर विरोध जनाएको थियो ।

त्रिचन्द्र क्याम्पसका नेविसंघका नेता गोविन्द कोइरालाले भवन पुनर्निर्माण नभएसम्म यस्तै खालका रचनात्मक कार्यक्रम गरेर दबाव दिइरहने बताए ।

घण्टाघर तर्फको भवनामा नेपाली, तथ्यांक, मनोविज्ञान, दर्शनशास्त्र, मेट्रोलोजी, जिओलोजी लगायतका विभागहरु थिए । तर त्यहाँको भवन भत्किएर जिर्ण भएकाले ति विभागहरु अर्को भवनमा सारिएको छ । विभाग राखिएका ठाउँ साँघुरो भएको र पढ्ने कक्षा कोठा पनि अभाव भएको उनले बताए ।

त्रिचन्द्रमा चार हजार विद्यार्थी रहेको तर स्थान अभावले पढाइमा समस्या भएको उनले बताए । भवन पुनर्निर्माण भए पढाइ सहजरुपमा सन्चालन हुने उनको विश्वास छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?