+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गुडिरहेको बसमा एसिड पोखिँदा ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १८:०६

७ असार, विराटनगर । विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको बसभित्र एसिड पोखिँदा ५ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो मोरङको कटहरी क्षेत्रमा गुडिरहेका को १ ख ३९८१ नम्बरको बसमा एसिड पोखिँदा बसका ४ यात्रु र सहचालक गरी पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएपसी दीपक श्रेष्ठले बताए ।

बसभित्र एसिड पोखिँदा मोरङको सुनवर्षी नगरपालिका–४ कि २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ कि २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ कि ४० वर्षीया सुमित्रा उराउ र भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका २० वर्षीय विनोद परियार घाइते भएका हुन् । विनोद बसका सहचालक हुन् ।

एसिडका कारण शरीरका विभिन्न भागमा चोट लागेका घाइतेको विराटनगरको कोसी अस्पतालमा उपचार भएको डीएसपी श्रेष्ठले बताए । उपचारपछि पाँचैजना घाइते डिस्चार्ज भएको उनको भनाइ छ ।

प्रहरीका अनुसार कटहरी–४ का राहुल साहले गाडीमा प्लाष्टिकको बोतलमा एसिड राखेका थिए ।

कटहरी चोकमा ब्रेक लगाउँदा बोतलको बिर्को खुलेपछि यात्रुहरुलाई एसिड परेको हो । यात्रु घाइते भएपछि साह भने फरार भएका छन् । सुनचादी पसल सञ्चालक साहको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?