+
+

न्यायाधीश र वकिलबीच लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १०:३६

८ असार, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउँसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खबर गरिएको हो ।

‘डेढ बजे आकस्मिक रूपमा बैठक छ भनेर हामीलाई खबर आएको हो’ परिषदका एक सदस्यले भने, ‘एजेण्डाबारे बताइएको छैन ।’

अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो ।

न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको छ ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।

न्यायपरिषदका एक सदस्यले भने, ‘त्यस्तो गम्भीर विषय सार्वजनिक भएपछि छलफल गर्न बैठक डाकिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?