८ असार, काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।
स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले निर्वाचन आयोगमा दुई छुट्टा छुट्टै उजुरी दिएका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन आएको पुष्टि गरे ।
अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।
निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’
यस्तै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, पुष्कर शाह, राजकुमार बजगाईंले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता रोकिपाउँ भनेर निवेदन दिएका छन् ।
हेर्नुस् उजुरी पत्र
प्रतिक्रिया 4