+
+

सेयर लगानीकर्ताको आन्दोलनमा काठमाडौंका मेयर बालेन साहको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:३२

८ असार, काठमाडौं । सेयर लगानीकर्ताको आन्दोलनलाई सर्मथन जनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह आन्दोलन स्थल पुगेका छन् । मेयर साहले बुधबार अनसनरत तिलक कोइरालालाई भेटेर आफ्नो तर्फबाट आन्दोलनमा समर्थन रहेको बताए ।

साहले अनसनकर्ता कोइरालालाई लगानीकर्ताको माग सम्बोधन गर्न आफूले सक्ने पहल गर्ने बाचा पनि गरे । ‘हाम्रो तर्फबाट पूर्ण समर्थन छ,’ मेयर शाहले भने, ‘के गर्न सक्छौं आफ्नोतर्फबाट पहल गर्छौं ।’

मेयर साहले अर्थतन्त्रको प्रभाव हेरेर मात्रै नीति नियम तर्जुमा गर्नुपर्नेमा जोड दिए । नयाँ नियम ल्याउँदा त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने उनले बताए । अहिलेको लगानीकर्ताको आन्दोलनलाई राष्ट्र बैंक तथा अर्थमन्त्रालयले वार्ताकै माध्यमबाट निकास निकाल्नु पर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?