+
+

साडियो माने बायर्न म्युनिखमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १७:३५

८ असार, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले साडियो मानेलाई अनुबन्ध गरेको छ । बायर्नले प्रिमियर लिग क्लब लिभरपुलबाट मानेलाई ३२ मिलियन युरोमा अनुबन्ध गरेको छ ।

यस्तै मानेले बायर्नमा खेल खेल्ने आधारमा थप ६ मिलियन तथा व्यक्तिगत र टिमको सफलतामा ३ मिलियन युरो लिभरपुले पाउने बीबीसीले जनाएको छ ।

बुण्डेसलिगा च्याम्पियन बायर्नले फरवार्ड मानेलाई तीन वर्षको लागि अनुबन्ध गरेको जनाएको छ । जसको अर्थ माने ३० जुन २०२५ सम्म बायर्नमा रहनेछन् ।

३० वर्षीय माने सन् २०१६ मा साउथह्याम्पटनबाट ३४ मिलयन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए ।

एनफिल्ड क्लबमा मानेले ६ वर्ष बिताउँदा २६९ खेल खेल्दै १२० गोल गरे । उनले गत सिजन सबै खाले प्रतियोगितामा गरी २३ गोल गरेका थिए । मानेले सेनेगलका लागि ८९ खेल खेल्दै ३१ गोल गरेका छन् ।

लिभरपुलले यसअघि दुई पटक बायर्नको प्रस्ताव अस्वीकार गरेको थियो । तर यस पटक भने सेनेगलका यी फरवार्डको सम्झौताका लागि दुवै क्लबबीच सहमति बनेको हो ।

मानेले बायर्नमा अनुबन्ध हुँदा खुशी लागेको बताउँदै यो चुनौतीको लागि सही समय भएको बताए । उनले यस क्लबबाट धेरै उपलब्धि हासिल गर्न चाहेको बताए ।

बायर्नका अध्यक्ष हर्बर्ट हेइनरले माने विश्वस्तरिय खेलाडी भएको बताउँदै बुण्डेसलिगाको आकर्षण बढाउने बताए ।

गत साता मात्रै लिभरपुलले उरुग्वेली फर्वार्ड डार्विन नुनेजलाई बनेफिकाबाट अनुबन्ध गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?