
१० असार, काठमाडौं । ललितपुर महागरपालिकाले पनि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८०को लागि ललितपुर महानगरपालिकाले ल्याएको नीति तथा बजेटमा कल सेन्टर स्थापना गर्ने उल्लेख छ ।
‘सेवा प्रवाह वकास व्यवस्थापनका सन्दर्भमा महानगरबासीहरुका गुनासो व्यवस्थापन गर्न कल सेन्टरको स्थापना गरी कार्यान्वयन गरिने छ,’ बजेटमा भनिएको छ ।
यसअघि नै काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याइसकेको छ । महानगरले आफ्ना सेवा क्रमशः अनलाइन सेवा प्रविधिमा लैजाने पनि बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4