+
+
Shares

कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो प्रतिनिधिसभा बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको दोस्रो बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
  • सभामुख डोल प्रसाद अर्यालले कार्यसूची हटाउँदै संसद्‌मा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन समिति गठन भएको जानकारी गराउनुभयो ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

दोश्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्ने महत्त्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।

उनले आजका लागि तय भएको सबै कार्यसूची हटाइएको घोषणा गरे ,

त्यस लगत्तै संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन समिति गठन भएको जानकारी गराए र, बैठक स्थगित भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?