+
+

ओलीका कारण त्यतिबेला ठूलो अवसर गुमायौं : झलनाथ खनाल  

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १६:४०

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग पाइनँ भन्नु ‘पागल–प्रलाप’ भएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै खनालले त्यतिबेला प्रतिपक्ष पनि निदाएको अवस्थामा रहेको बताए। ‘त्यतिखेरको प्रतिपक्ष पनि निदाएको थियो । कतिपय नेता त संसदमै देखिँदैनथे। यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु केपी ओलीको पागल-प्रलाप मात्रै थियो,’ उनले भने ।

ओलीले नेकपाको दुई तिहाइ नजिकको बहुमत भएको संसद भंग गरेर राजा महेन्द्रकै शैली देखाएको उनले पनि बताए । जसका कारण प्रगतिशील कानून र एजेन्डा ल्याउन सकिने सम्भावना भए पनि त्यो गुमेको खनालले दावी गरे । ‘त्यो संसद्‍मा नेकपाको दुई तिहाइको शक्ति थियो,’ उनले भने, ‘यो अहिले हामीले अङ्गीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले ।’

खनालले अघि भने, ‘हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौं ।’ उनले आफूहरुले अहिले गठबन्धन बनाएर संविधानको रक्षा गरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?