+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

देउवाजीले मिलेरै जाऊँ भन्नुभएको छ, गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १७:४३

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका सबै घटकले आगामी चुनावमा पनि मिलेर जाने प्रस्ताव राखेको भन्दै यसको आवश्यकता अझै भएको बताएका छन् ।

शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेर जानुपर्ने प्रस्ताव राखेको र प्रचण्डले पनि विगतका कमजोरीमा आत्मआलोचना गर्न तयार रहेको बताए ।

‘गठबन्धनका सबै घटकले हामीलाई मिलेरै जाऊँ भन्नुभएको छ’, नेपालले भने, ‘कांग्रेसका तर्फबाट शेरबहादुरजीले गठबन्धनको आवश्यकता छ, चुनावमा पनि मिलेर जाऊँ भन्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले विगतमा भएका कमजोरी स्वीकार्नुभएको छ, ती नदोहोरियोस् भन्नेमा सजग हुनुपर्छ भन्नु भएको छ ।’

उनले आफ्ना पार्टीका नेताहरुले पनि गठबन्धन गरेर जानुपर्ने धारणा राखेको भन्दै यसको अझै आवश्यकता रहेको बताए। स्थानीय चुनावमा करिब २८ प्रतिशत मात्रै उम्मेदवारी दिएकाले पनि आफूहरुको कुल मत कम आएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?