+
+

सरकारलाई योगेशको प्रश्न : त्रैमासिक परीक्षा आइसक्यो, विद्यार्थीले के लेख्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १४:११

१२ असार, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुर्‍याउनुमा सरकार दोषी रहेको आरोप लगाएका छन् ।

कुल विद्यार्थी संख्यामा सामुदायिक विद्यालयमा ७५ प्रतिशतले अध्ययन गर्ने उल्लेख गर्दै भट्टराईले भने ,‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’

काठमाडौंका सामुदायिक विद्यालयमा समेत ३० प्रतिशत पुस्तक नपुगेको उनले संसदमा बताए । ढुवानी सहज भएका स्थानमा समेत पुस्तक नपुगेको सुनाउँदै उनले दुर दराजमा हालत के होला भनि प्रश्न राखे ।

पुस्तककै कारण विद्यार्थी विद्यालय नजाने अवस्था आएको उनले बताए । ‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्?’ उनले सरकारको जवाफ मागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?