+
+

नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १६:५३

१२ असार, काठमाडौं । नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमका नवनियुक्त महाप्रवन्धक दीपु ज्वारचनका अनुसार निगम व्यवस्थापनबाट तत्कालको हवाई बजारलाई मध्यनजर गर्दै १० वर्षे (२०२१-२०३०) एकीकृत व्यवसायिक योजनाको समीक्षा र आवश्यक परिमार्जन गर्ने निर्णय गरिएको हो ।

निगमले १७ असारमा नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय भएको छ । अहिले सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय समेत निगम व्यवस्थापनले गरेको छ ।

निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्ने निर्णय समेत भएको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?