+
+

३ पटक मन्त्री भएँ, पूरै ह्याङओभर भइसकें : प्रेम आले

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १८:३१

१२ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्ना लागि मन्त्री पद ठूलो नभएको बताएका छन् । आइतबार मन्त्रालयबाट विदाइ हुनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले आफू तीन पटक मन्त्री भएको र मन्त्री पद ह्याङओभर भएको बताए ।

म केपी ओलीको पालामा दुई पटक वन मन्त्री भए अहिले तेस्रो पटक यो जिम्मेवारीमा छु, म त ह्याङओभर भइसकेँ’ उनले भने ।

उनले पार्टीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको तर मन्त्री हुन कुनै प्रयास नगरेको जिकिर गरे । मन्त्री आलेले यसअघि निजी एयरलाइन्सले ठूलो चलखेल गरेर आफूले अह्राएको मान्ने मान्छेलाई मन्त्री बनाउने गरेको तर आफू भने त्यस्तो नभएको दावी गरे ।

‘यो मन्त्रालयमा नेपाल एयरलाइन्स बाहेकका निजी कम्पनीले ठूलो चलखेल गरेर आफूले अह्राएर मान्न सक्ने मान्छेलाई मन्त्री बनाउथे, आफूले अह्राएर काम गराउन सक्नेलाई सचिव बनाउथे, नागरिक उड्डयन प्राधिकरणको डिजी (महाप्रबन्धक) बनाउथे’ उनले भने ।

मन्त्री आलेले अघि भने, ‘म एउटा यस्तो व्यक्ति हो, कसैको सहाराविना मेरो आदरणीय नेता माधव नेपालले ले नै यो जिम्मेवारी दिएको हुनाले.. मैले काम गर्दा पहिले पार्टीको अध्यक्षलाई बुझाउँथे, प्रधानमन्त्रीलाई बुझाउँथेँ ।’

‘नियुक्तिमा नेताको प्रेसर भोग्नुपर्‍यो’

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तर्गतका विभिन्न पदमा नियुक्ति गर्दा नेताको दबाव भोग्नुपरेको बताए । मन्त्री हुँदा कतिपय काम चाहेर पनि गर्न नसकेको भन्दै उनले आफूले भनेअनुसार राम्रो मान्छे नियुक्ति गर्न नसकेको बताए ।

‘कतिपय पार्टीको नेताको प्रेसरले गर्दा राम्रो मान्छेको ठाउँमा नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, त्यसको भुक्तभोगी म आफैं छु’ उनले भने । आफूले कुनै डर धाक धम्कीको परवाह नगरी काम गरेको मन्त्री आलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?