+
+

गज्जबको कम्पनी : वर्षमा ३६५ दिन बिदा, पूरै तलब र सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १२:१७

अहिलेको जमानामा आफ्नो क्षमता र सीप अनुसारको राम्रो जागिर पाउन निकै मुस्किल छ ।

पाएको जागिरमा पनि तलब सुविधा कम हुने, तलब समयमा नपाउने, आवश्यक परेको बेला बिदा नपाउने जस्ता समस्या हुन्छन् । आम रुपमा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूले त बिदा पाउनका लागि निकै पापड बेल्नुपर्दछ ।

तर भारतमा एउटा यस्तो कम्पनी छ जसले आफ्नो कर्मचारीहरूका लागि वर्षमा ३६५ दिन नै बिदा दिन्छ । वर्षको सबै दिन बिदा बस्दासमेत कर्मचारीहरुले पूरै तलबका साथै सञ्चयकोष कट्टी तथा बिमा लगायतका सुविधा प्राप्त गर्दछन् ।

इ-कमर्श कम्पनी मीशोले आफ्ना कर्मचारीहरुका लागि MeeCARE नामको स्वस्थ बिदा नीति सुरु गरेको छ, जसमा कर्मचारीलाई पूरै वर्षभरी नै तलबी बिदा दिइनेछ ।

तर सबै कर्मचारीले यस्तो बिदाको सुविधा पाउने छैनन् । कर्मचारी आफैं वा आफ्नो परिवारको सदस्य कुनै गम्भीर रोगबाट ग्रस्त भएर बारम्बार अस्पताल जानुपर्दा वा भर्ना हुनुपर्दा उनीहरूलाई वर्षमा ३६५ दिनसम्म तलबी बिदा दिइनेछ । आफैं बिरामी भएर बिदा बस्दा पूरै तलब मिल्ने र परिवारजन बिरामी भएर बिदामा बस्दाचाहिं तीन महिनाको २५ प्रतिशत तलब प्राप्त हुनेछ । बिदामा बसेको बेला उनीहरूको बढुवामा पनि कुनै असर पर्ने छैन ।

कम्पनीका अधिकारीका अनुसार यो बिदा सुविधाको उपयोग धेरै कर्मचारीले गर्ने अपेक्षा भने गरिएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?