+
+

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते ११:४३

१३ असार, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेको थिएन ।

पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएको हो । समूह चरणमा राम्रो प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा युएईसँगको खेल वर्षाका कारण गुमाउन पुग्यो ।

किनरारा मैदानमा टस जितेर फिल्डिङमा उत्रेको नेपालले युएईलाई ८१ रनमा अलआउट पारेको थियो । तर नेपालले ब्याटिङ्ग नै गर्न पाएन । युएई समूहको विजेता भएका कारण फाइनलमा स्थान बनायो, नेपाल सेमिफाइनलबाट नै बाहिरिन पुगेको हो ।

अस्मिना कर्मचार्यको उत्कृष्ट ५ विकेटसहितको बलिङले नेपालले युएईलाई रोकेको थियो । यससँगै नेपालले २०२३ मा हुने एसियन कपमा भाग लिने अवसर गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?