+
+

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १७:४३

१३ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रले अनलाइनखबरलाई बताए ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

तर हालसम्म सुनारको मृत्युको कारण खुलेको छैन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा फरेन्सिक डाक्टरहरुले शवको पोष्टमार्टम गरेका छन् । रिपोर्ट आइसकेको छैन ।

प्रारम्भिक जाँचमा सुनारको घाँटीमा ‘लिगेचर मार्क’बाहेक अन्य कुनै चोटपटक देखिएको छैन । शुक्रबार राति सँगै बसेका प्रेमी बिहान भागेर गएपछि घटना शंकास्पद बनेको छ ।

उनले सुनार ‘झुण्डिएको देखेपछि निकालेको’ बताएका छन् । आत्तिएर झुण्डिएको सल पनि लिएर गएको भन्दै उनले सल फ्याँकेको ठाउँ पनि देखाएका छन् । त्यही आधारमा सल बरामद भएको छ ।

तर उनले सुरुवातमा झुटो बयान दिनु र सुनारको मोबाइल हालसम्म नभेटिनुले घटनालाई शंकास्पद बनाएको छ ।

पीडित परिवारले ज्यान सम्बन्धी कसूरमा उनीविरुद्ध किटानी जाहेरी दिएको छ । पोष्टमार्टम रिपोर्टमा अन्यथा देखिए त्यही अनुसार प्रतिवेदन लैजाने प्रहरी तयारी छ ।

गायिका सुनारको फेसबुकमा शनिबार राति १:१० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भएको थियो ।

स्ट्याटसमा ‘आफ्नो इच्छाले यो कदम उचालेको’ भन्दै कसैलाई दोष नभएको भनिएको थियो । ‘कसैले खोजी नीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ स्ट्याटसमा भनिएको छ । पीडित पक्षले यो स्ट्याटसप्रति पनि शंका गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?