+
+

‘महिन्द्रा स्कर्पियो-एन’ नेपालमा, के छन् विशेषता ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते २२:१६

काठमाडौं । महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ । महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो ।

नयाँ महिन्द्रा स्कर्पियो-एन आफ्नो पूर्ववर्तीभन्दा निकै स्मार्ट र नयाँ छ । सन् २००२मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण गरेको छ ।

महन्द्राले चर्चित स्कर्पियोको नयाँ अवतार ‘अल-न्यू स्कर्पियो-एनलाई अनावरण गरेको हो ।  महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफनो बहुप्रतिक्षित एसयूभी सार्वजनिक गर्दै कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको नयाँ गाडीलाई बजारमा स्थान दिएको हो ।

घोषणा कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल-न्यू स्कर्पियो-एन एकैसाथ अनावरण गर्न पाउँदा खुसी लागको मात्रै बताएनन्, यो नयाँ ‘ट्विनपिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि भएको जानकारी दिए । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर रहेको बताए ।

नयाँ महिन्द्रा स्पकर्पियो-एनले अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज दिन्छ । यसलाई प्रभावशाली उपस्थिति दिने गरी हेड-टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

लोभलाग्दो डिजाइन

आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च खालको प्रदर्शन र क्षमताहरू देखाउनेमा कम्पनी विश्वस्त छ । अल-न्यू स्पर्पियो-एनको अनावरणले महिन्ऽाको नयाँ ‘भिजुअल आइडेन्टी’को अनावरणलाई संकेत गरेको छ । कम्पनीलाई एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको कम्पनीले जनाएको छ ।  यसमा राखिएको ‘ट्विन पिक’ लोगोले साहसिक रुपमा अघि बढेको नयाँ दिशाको प्रतिनिधित्व  गर्ने कम्पनीको भनाइ छ ।

यो गाडी इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मा डिजाइन गरिएको हो । संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमले इन्जिनियरिङ गरेको यो विश्वस्तरीय सुविधासहित आएको छ ।

कम्पनीले यो गाडीलाई ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको भनेको छ ।

महिन्द्रा स्कर्पियो-एन मोडल हेर्दा आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेहरुका लागि सुविधा सम्पन्न आरामदायी र सुरक्षित पनि छ । स्कर्पियोको बिरासतलाई एक खुडि्कलो माथि उचाल्दै स्कर्पियो-एनले नयाँ इतिहास रच्ने विश्वास कम्पनीको छ ।

कम्पनीले यो गाडीको डिजाइन लोभलाग्दो किसिमले गरेको छ । यसको बनोटले धेरैले प्रभावित गर्नसक्छ । यो जताबाट हेर्दा पनि सफा र उत्कृष्ट बनोटको देखिन्छ ।

गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालोन ग्रिल प्रयोग गरिएको छ । सिग्नेचर डुआल ब्यारेल हेडल्याम्प छ । गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’ पनि छ ।

पार्किङका लागि रियर क्यामेरा पनि छ । गाडीका झ्यालममा मेटालिक सिग्नेचर टेल इलिमेन्ट पनि छ । डायमन्ड कट एलोए हि्वल पनि छ । एलईडी प्रोजेक्टर फग ल्याम्प पनि राखिएको छ ।

इन्जिन र स्पेक्स

फोरहि्वल सुविधासहितको यो गाडीको इन्जिन निकै शक्तिसाली छ । नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ यो वरदान हुने कम्पनीको दावी छ । क्लास लिडिङ, संरचनात्मक कठोरता, अफ-रोड क्षमता र उदाहरणीय अन-रोड व्यवहारको लागि यो गाडी चिनिे कम्पनीको विश्वास छ ।

स्कर्पियो-एन गाडी ६ स्पीड म्यानुअलको अतिरिक्त अटोमेटिक संस्करणहरूमा पनि आएको छ । टेक्नोलोजीको सिफ्टको साथ ६-स्पीड अटोमेटिक टर्क कन्भर्टरको साथ पनि आएको कम्पाीले जनाएको छ ।

स्कर्पिओ-एनमा २०० बीएचपी २.० लिटर पेट्रोल इन्जिन र १७५ बीएचपी २.२ लिटर डिजेल इन्जिन छ । जसले क्रमशः ३२० र ४०० एनएमको टर्क उत्सर्जन गर्छ ।  टीजीडीआई एमस्टलिअन (पेट्रोल) इन्जिनले १४९.१४ किलोवाट पावर (२०३ पीएस) र ३८० एनएम टर्क उत्सर्जन गर्छ ।

जीज-ज्याप र जुम गरी तीन वटा मुडमा गाडीलाई दौडाउन सकिन्छ । जसले फरक-फरक ड्राइभिङ अनुभव र सुविधा प्रदान गर्छन् ।

इन्टेलिजेन्ट ककपिट

पूर्णतः नयाँ द स्कर्पियो-एन बाहिरजस्तै भित्री रूपमा पनि मनमोहक छ । उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणालीका साथ छ ।

महिन्द्राका अनुसार स्कर्पियो-एनको ड्यासबोर्ड निकै स्मार्ट छ । यसलाई हेर्दा आकर्षक मात्रै हैन, प्रयोगकतौ मैत्री पनि बनाइएको छ, नयाँ युगको गाडीको ड्यासबोर्ड विमानहरुको ककपिटजस्तै इन्टेलिजेन्ट छ ।

यसमा मोबाइलबाटै ककपिट कन्ट्रोल गर्न सकिने ‘एड्रोनो-एक्स’ समाहित छ । २०.२३ सीएमको आकर्षक इन्फाटेन्मेन्ट स्त्रिmन पनि छ । जीपीएस नेभिगेनस, ब्लुटुथसहितको यो सिस्टमले एन्ड्रोइड अटो, एप कारप्ले लगायत पनि सपोर्ट गर्छ । वायरलेस चार्जिङसहित सबै सुविधालाई ताररहित बनाएको  छ ।

स्कोर्यियो-एनमा मौसम र तापमानको अवस्था अनुसार स्वतः नियन्त्रण हुने एसी सिस्टम छ ।  यसमा रियर एसीको सुविधा पनि छ । जसले पछाडि बसेका यात्रुलाई पनि आामदायी यात्रा गराउन सहज वातावरण तयर गर्छ ।

यसमा ६ तिरकाले एडजस्ट गर्न सकिने पावर सिटहरु छन् । यसमा ब्ल्याक कफी लेदरेट इन्टेरियर थिम प्रयोग भएको छ । जसले आँखालाई पनि आराम दिन्छ । सुनरुफको पनि सुविधा छ, जहाँबाट यात्रुले वाहिरी वातावरणर मौसमको मज्जा लिन सक्छन् ।

सुरक्षित गाडी

स्कर्पियो-एनमा विभिन्न सुरक्षा सुविधाहरू पनि छन् । ६ वटा एयरब्याग, एडभान्स ईएससी, ड्राइभर ड्रोजिनेस डिटेक्सन, एडभान्स्ड सिट रिस्ट्रेन्स, कोलेप्सिबल स्टेयरिङ र थप धेरै सुरक्षा सुविधाहरू छन् ।

यसमा आरामदायी सस्पेन्सन सिस्टम छ । यात्रा गुणस्तरको लागि, महिन्द्राले एसयूभीलाई पहिलो फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पिङ र एमटीभी-सीएल टेकबाटमा पनि सुसज्जित गरेको छ ।

यसमा अफरोडमा लागि ४ उच्च र ४ निम्न गेयर अप्सन पनि छ । स्पकर्पियो नेपाली सडकका लागि सबैभन्दा उपयुक्त गाडी सावित हुने दावी अग्नि ग्रुपको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?