+
+

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते ७:४३

१४ असार, काठमाडौं । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ ।

टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन ।

सामाजिक सन्जालमा शेयर गरिएको घटनास्थलको तस्वीरमा प्रहरीसहित लरी वरपर आपतकालीन सेवाका सदस्यहरु देखिन्छन् । सो लरीका चालक फेला परेका छैन् । न्यूयोर्क टाइम्सका अनुसार प्रहरीले चालकको खोजी गरिरहेको छ ।

घटनास्थल अमेरिका–मेक्सिको सिमानाभन्दा करिब २५० किलोमिटर टाढा पर्दछ । टेक्सासका गभर्नर ग्रेग अबोटले खुला सिमानाको घातक नीतिका कारण यो घटना भएको भन्दै राष्ट्रपति जो बाइडनको आलोचना गरेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?