+
+

जनकपुरधामका उपमेयरकै घर डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १६:२५

१४ असार, जनकपुरधाम । मंगलबार बिहानैदेखिको बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको घर डुवानमा परेको छ ।

बर्षाको पानी निकासको व्यवस्था नहुँदा उनको घर डुबानमा परेको हो । उपमहानगरपालिका वडा नम्बर १० स्थित साहको घरमा मंगलबार विहान पानी पसेको हो ।

‘यो पहिलादेखिकै समस्या हो’ उप मेयर साहले भने, ‘पानीको निकासका लागि एउटा चेम्बर बनाउनुपर्ने आवश्यकता छ । त्यो निर्माण नभएसम्म घर डुबान भइरहनेछ ।’

साहका अनुसार उनको घर वरपरका अरु २० घरमा पनि पानी पसेको छ । उनले चेम्बर निर्माण गरेर पानीको निकास दिनका लागि आफूले काम गर्ने बताए ।

मंगलबार बिहानदेखिको निरन्तर बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकासहित मधेश प्रदेशका धेरै ठाउँमा पानी जमेर डुबान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?