+
+

थप ४४ जनामा कोरोना संक्रमण, २२९ जना सक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १६:३३

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टिजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १७ जना निको भएका छन् भने हाल देशभर २२९ जना सक्रिय संक्रमित छन् । जसमध्‍ये २२३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?