+
+

खुमलटारमा रोपाइँ महोत्सव, मन्त्रीले मेसिनले रोपे धान

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १०:३६

१५ असार, काठमाडौं । रोपाइँ गरेर आज विभिन्न जिल्लामा राष्ट्रिय धान दिवस मनाइँदै छ । दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि रोपाइँ महोत्सव आयोजना गरेको छ ।

कार्यक्रममा कृषि मन्त्री महिन्द्र राय यादवले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको शुभारम्भ गरे । रोपाहारले भने हातैले धान रोपेका थिए ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ठेकदारको कारण रासायनिक मल अभाव भएको बताए । मलको ठेक्का प्रणाली नै राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?