+
+

काजोल, सुरियासहित ३९७ जनालाई सदस्यताका लागि ओस्कार एकेडेमीको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १६:१९

काठमाडौं । ओस्कार अवार्ड आयोजक संस्था द एकेडेमी अफ आर्ट्स एण्ड साइसेन्जले विश्व फिल्म समुदायका ३९७ जनालाई सदस्यताका लागि निम्तो दिएको छ ।

यदि निम्तो दिइएका व्यक्तिले प्रस्ताव स्वीकारे उनीहरु ओस्कार अवार्डमा मतदानका लागि योग्य हुनेछन् । यो सूचीमा हलिउड गायिका बिल्ली एलिसदेखि बलिउड अभिनेत्री काजलसम्म छन् ।

यो सूचीमा भारतको तमिल फिल्म उद्योगका ‘जय भीम’ फेम्ड अभिनेता सुरियासम्म छन् । सदस्यताको निम्तो दिइएकामा ४४ प्रतिशत महिला, ३७ प्रतिशत अश्वेत, ५० प्रतिशत गैरअमेरिकी छन् ।

यदि उनीहरुले प्रस्ताव स्वीकारे एकेडेमीको कुल सदस्यमध्ये ३४ प्रतिशत महिला, १९ प्रतिशत अश्वेत र २३ प्रतिशत गैरअमेरिकी हुनेछन् । गत वर्ष चलेको ‘ओस्कार सो ह्वाइट’ अभियानपछि एकेडेमीलाई समावेशी बनाउन पहल सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?