+
+

पर्सामा ६ महिनामा ३४ वटा मानव अधिकार उलंघनका घटना

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असार १५ गते १९:४५

१५ असार, वीरगञ्ज । पर्सामा पछिल्लो ६ महिनामा ९ वटा बलात्कार र ३ वटा बलात्कार प्रयासका घटना भएका छन् । इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछानको अनुसार बलात्कारका अधिकांश घटनामा १८ वर्ष भन्दा कम उमेरका बालिका छन् ।

सन् २०२२ को जनवरीदेखि जुन महिनासम्मको ६ महिनामा ६ वर्षदेखि १८ वर्षसम्म भन्दा कम उमेरका ८ जना बालिका बलात्कृत भएका छन् । भने २ जना माथि बलात्कारको प्रयास भएको उजुरी प्रहरीकोमा परेको छ । १८ वर्षभन्दा माथि २ जनाको बलात्कार हुँदा १ जना माथि बलात्कारको प्रयास भएको उनले बताए ।

मानव अधिकार उल्लंघनका घटनामा बलात्कार र बलात्कारको प्रयासपछि सबैभन्दा बढी बहुविवाह भएको देखिएको छ । ९ जनाले बहुविवाह विरुद्ध प्रहरीमा उजुरी दिएका छन्, ५ जनाको हत्या भएको, १ जनालाई बोक्सीको आरोप लगाइएको, मानव बेचविखन सम्बन्धमा ३ वटा र कुटपीटका २ वटा घटना घटेको मानव अधिकारकर्मी लामिछानेले बताए ।

समीक्षा गोष्ठीमा सहभागी आसमोहिनी चौधरीले सहमतिमा राजीखुशी शारीरिक सम्बन्ध राख्ने र अरुले देखेपछि बलात्कार भयो भन्दै पुरुषलाई दोषी देखाउने प्रवृत्ति बढेको बताइन् ।

सामाजिक अभियन्ता प्रकाश थारुले मानसिक स्वास्थ्य कमजोर भएका महिलाको समेत बलात्कार हुने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले विवाह गर्ने उमेर २० वर्ष तोकिएको कारण पनि बलात्कारको संख्या बढी देखिएको बताए । ‘प्रजनन स्वास्थ्यसंग जोडेर कानुनतः २० वर्षपछि मात्रै विवाह गर्न पाइने कानुनी व्यवस्था छ ।

खान पान रहनसहन, सरसँगत र परिवारले प्रेम अस्वीकार गर्ने डरले केटाकेटी १५ वर्षमै भाग्छन् ।’ उनले भने ‘ हामी खोजेर ल्याउँछौं, अभिभावकले उनीहरुबीचको प्रेमलाई मान्दैनन् । त्यसमा फरक धर्म, फरक जाति लगायतका मुद्धा झिक्छन् । अनि केटाविरुद्ध जर्बजस्ती करणीको मुद्धा लिएर आउँछन् ।’

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पर्सामा आर्थिक अपराधका घटना बढेको बताए । उनले जघन्य प्रकृतिको अपराध विरुद्ध प्रशासन गम्भीर रहेको बताउँदै विगतको तुलनामा पर्साको स्थिति शान्तिपूर्ण रहेको पनि दावी गरे ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?