+
+

एपीएफ र पुलिसको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते २०:३६

१५ असार, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेका छन् ।

कीर्तिपुरस्थित कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेका हुन् ।

एपीएफले न्यू डायमन्डमाथि २५–१२, २५–२० र २५–१४ को सोझो सेटमा जित निकाल्यो । अर्को खेलमा पुलिसले परोपकारमाथि २५–६, २५–६ र २५–११ को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्न सफल भयो ।

लगातार दोस्रो जितसँगै समान ६ अंक जोडेको एपिएफ र पुलिस राउन्ड रोविन लिगको एक खेल बाँकी छँदै फाइनल पुगेको छ । यि दुई टोली (एपिएफ र पुलिस) बीच राउन्ड रोविन लिगमा शीर्षस्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

न्यू डायमन्ड र परोपकारले अंकको खाता खोल्न सकेको छैन । अब बिहीबार हुने राउन्ड रोविन लिगको अन्तिम खेलबाट शीर्षदेखि चौथोसम्मको छिनोफानो हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । शनिबार नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार राउन्ड रोविन लिगको अन्तिम खेलमा परोपकार र न्यू डायमन्ड तथा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । यसपछि शीर्ष चारमा रहनेको छिनोफानो हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?