
१६ असार, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन् ।
एसपीपीमा विवाद भएपछि केपी शर्मा ओली प्रधानमत्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको बताए । तर तत्कालीन प्रधानमन्त्री ओलीले पत्र पठाउँदा आफूलाई नसोधिएको मात्र बताएका छन्, पत्रको वैधानिकतामा प्रश्न गरेका छन् ।
संसद दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्व सभामुख समेत रहेका नेम्वाङले यो विषयलाई यत्तिकै छाड्न नहुने बताए । उनले अघि भने, ‘सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा छ । मेरो आग्रह छ, सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू । जोजो संलग्न छन्, देखिन्छ नि ।’
आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही भनेको र उनले आउनुस् न कुरा गरौंला भनेको उनले सुनाए ।
प्रतिक्रिया 4