+
+

कम्पनीले कर्मचारीलाई गल्तीले २८६ गुणा तलब पठाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १८:३२

१६ असार, काठमाडौं । एक व्यक्तिलाई उनी कार्यरत कम्पनीले भुलबस उनको तलब भनदा २ सय ८६ गुणा धेरै पैसा उनको बैंक खातामा जम्मा गरिदियो । एक कर्मचारीको खातामा यसरी कैयौँ गुणा धेरै तलब पठाएको थाहा पाउनका लागि कम्पनीलाई केही समय त लाग्ने नै भयो ।

तर त्यति बेलासम्म ढिलो भैसकेको थियो । तालुमा आलु फलेर खातामा तलबको २ सय ८६ गुणा बढि रकम पाएका ती व्यक्तिले त्यतिबेलासम्म जागिरबाट राजीनामा दिएर टाप कसिसकेका थिए ।

यो घटना दक्षिण अमेरिकी मुलुक चिलीको हो । चिलीको सबैभन्दा ठूलो कोल्ड कट्स उत्पादक कम्पनी कन्सोर्सियो इन्डस्ट्रियल डे अलिमेन्टोसमा यो घटना भएको हो ।

चिलीको समाचार पत्र डियारियो फाइनेन्सिएरोका अनुसार गत मे ३० मा यो घटना भयो । आफ्नो खातामा यतिधेरै रकम आएपछि ती व्यक्तिलाई पक्कै पनि कम्पनीका आर्थिक शाखाका कर्मचारीले गल्ती गरेका हुन् भन्ने लाग्यो र त्यो रकम दम्पच पार्ने सोँचाई बनाए । त्यसपछि उनले कम्पनीमा आफ्नो राजीनामा बुझाए र राजीनामापछि आफ्नो ठेगाना पनि परिवर्तन गरे ।

उक्त कम्पनीको मानव संशाधन विभागका लागि अहिले यो घटना निकै टाउको दुखाइको विषय बनेको छ । खातामा मोटो रकम हात पारेर टाप कसेका ती पूर्व कर्मचारीको अत्तोपत्तो छैन । त्यसैले अब ती फरार पूर्व कर्मचारी विरुद्ध कानूनी कारवाही अगाडि बढाउने विकल्प मात्रै कम्पनीसँग छ ।

कम्पनीका अनुसार नाम नखुलाइएका ती कर्मचारीको मासिक तलब ५ लाख पेसो अर्थात करीब ७० हजार रुपैयाँ थियो । तर कम्पनीको आर्थिक शाखाले उनको खातामा २४६ गुणा अर्थात् करीब साढे २ करोड रुपैयाँ पठाइदियो ।

चिलीको पत्रिका डियारियो फाइनेन्सियरोका अनुसार ती व्यक्ति उक्त कम्पनीमा उप व्यवस्थापकको पदमा कार्यरत थिए । यस विषयमा कम्पनीले थाहा पाएर उनीसँग सोधपुछ सुरु गरेसँगै उनले राजीनामा दिएर फरार भएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?