+
+

कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १४:०७
पोस्टमार्टमका लागि बालकको शव अस्पताल लैजाँदै ।

१७ असार, धनगढी । कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उप-महानगरपालिका -१९ मा बस्‍ने दिपक विककव ११ वर्षीय निलिख विकको शव शुक्रबार बिहान खोलामा किनारमा भेटिएको हो ।

परिवारका अनुसार बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बालक सोही खोलाले बगाएर बेपत्ता भएका थिए ।

खोलाले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभर नदीको विभिन्न भागमा खोजतलास गरे पनि उनी फेला परेका थिएनन् ।

तर, शुक्रबार बिहान उनी बेपत्ता भएकै स्थानमा खोला किनारमा भेटिएका हुन् ।

बालकको शवलाई मोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?