+
+

१० मिलियन युरो क्षतिपूर्ति लिएर पीएसजी छाड्न राजी भए पोचेटिनो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १४:३०

१७ असार, काठमाडौं । सन् २०२२/२३ को सिजनको सुरुवातका लागि पेरिस सेन्ट जर्मेइन् (पीएसजी)मा देखिएको समस्या समाधानको दिशातर्फ अग्रसर देखिएको छ ।

प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनो र उनका प्रशिक्षण अधिकारीहरुले क्लबसँग एउटा सम्झौता गरेका छन् । जुन् पीएसजीको इतिहासमा एउटा बलियो नजीर बन्नेछ ।

फ्रान्सेली खेलकुद अखबार ले’किपका अनुसार पीएसजीले अर्जेन्टिनी प्रशिक्षकलाई बर्खास्त गरे पनि बाँकी सम्झौता समयका लागि गरिने भुक्तानी प्रक्रियामा कुरा मिलेको थिएन ।
पीएसजीमा पोचेटिनोको सम्झौता अझै एक वर्ष बाँकी छ । उनी १० मिलियन युरो क्षतिपूर्ति लिएर क्लब छाड्न सहमत भएका छन् ।

यसको अर्थ अब पीएसजीमा प्रमुख प्रशिक्षक पद खाली छ । तर, यो रिक्तता लामो समयसम्म हुने छैन ।

क्रिष्टोफ गाल्टियरले नीस छाडेर बसेका छन् र उनले पोचेटिनोलाई प्रतिस्थापन गर्ने सम्झौतानजिक पुगेको बताइएको छ ।

सन् २०२१ को जनवरीमा पीएसजी पुगेका पोचेटिनोले सुरुवाती आधा र त्यसपछि पूरा सिजन बिताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?