+
+

बैंकिङ कसुर मुद्दाका फरार २ अभियुक्त बालुवाटारबाट पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १५:२२

१७ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्‍ने २८ वर्षीय गौरभ शर्मा र धादिङको नेत्रवती डबजोङ गाउँपालिका-५ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजु बस्‍दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

महाराजगञ्जबाट खटिएको सीआईबीको ब्‍यूरोले शर्मा र गुरूङ दुवै जनालाई काठमाडौं बालुवाटारबाट पक्राउ गरेको जनाएको हो ।

दुवैजनाले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर बैंकको चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए।

पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?