+
+

नेपाली मोडल अञ्जली लामा र ज्याकलिन फर्नान्डिज एउटै फिल्ममा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १६:२३

काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’मा अभिनय गरेकी छन् ।

इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको छायांकन सुरु भएको छ । सुटिङ सेटबाट प्राप्त तस्वीरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ । आईएमडीबीले पनि प्रमुख कास्टमा लामाको नाम उल्लेख गरेको छ ।

तस्वीरमा निर्देशक सिल्भिया कार्बियो, अञ्जली र ज्याकलिनलाई देख्न सकिन्छ । यो फिल्मले क्यामेरा अघि देखापर्ने र त्यसपछि रहेर काम गर्ने महिलाहरुको कथा भन्छ ।

फिल्ममा हलिउड फिल्म ‘सुसाइड स्क्वाइड’ अभिनेत्री क्यारा डेलभाइन, मार्सिया गे हार्डेनसहित एकदर्जन विश्वचर्चित कलाकार समावेश छन् । एक्सन, कमेडी र ड्रामा जनरामा फिल्म बनेको हो ।

ज्याकलिनसँग स्क्रिन सेयर गर्न पाएकोमा अञ्जलीले खुसी व्यक्त गरेकी छन् । उनको लागि यो वर्ष उपलब्धिमूलक रह्यो । यसै वर्ष उनले न्युयोर्क फेसन विकमा प्रबल गुरुङको डिजाइनमा र्‍याम्प नाप्ने अवसर पाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?