+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

पहिरो खस्दा ८ दिनसम्म खुलेन पोखरा–सिक्लेस बाटो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते २०:२६

१७ असार, पोखरा । असार ९ गते राति परेको अविरल भारी वर्षाले पहिरो जाँदा अवरुद्ध बनेको पोखरा–सिक्लेस बाटो अझै खुल्न सकेको छैन । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा ८ दिनदेखि बाटो पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजङ गुरुङले पहिरोका कारण स्काभेटरसमेत आउन नसकेकाले बाटो खुलाउन ढिलाइ भइरहेको जानकारी दिए ।

‘बाटोभरि ठाउँठाउँमा पहिरो छ । त्यसमाथि स्काभेटरवालाले कहिले के बिग्य्रो भनेको छ कहिले के,’ उनले भने, ‘आयो भने खिलाङसम्म स्काभेटर आइसक्नुपर्ने हो ।’

मादी गाउँपालिकाको वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटोलाई क्षति पुर्‍याएको थियो ।

वडाध्यक्ष गुरुङका अनुसार पहिरो गएका अन्य बाटो केही दिनभित्र पहिरो पन्छाइने भए पनि क्वोंदो खोला वारि र पारि गएको पहिरो भने तत्काल पहिरो पन्छाउन सकिने सम्भावना छैन ।

‘क्वोंदो खोलाको दुवै भागमा खसेको पहिरो तत्काललाई खोल्न सकिने अवस्था छैन । त्यसका लागि ठूलै इफोर्ट चाहिन्छ,’ उनले भने, ‘हाललाई गोरेटोसम्म बनाएर पैदल हिँडेर खोला काट्ने बनाउनेबारे योजना बनाएका छौं ।’

गुरुङले क्वोंदो खोला बाटोको पहिरो व्यवस्थापन नहुँदा सम्म पोखरादेखि क्वोंदो खोलासम्म क्वोंदोखोलादेखि सिक्लेससम्म गरी आउजाउका छुट्टाछुट्टै जीप प्रयोग गरिने जानकारी दिए ।

बाटो पूर्णरुपले बन्द हुँदा कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको सिक्लेसमा पर्यटक पुग्न सकेका छैनन् भने स्थानीयलाई समेत समस्या उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?