+
+
Shares

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीसहित ६ जनाले दिए आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते २०:२४
अभिनेता भुवन केसी । फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित ६ जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको सञ्चार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ ।

शाखाका अनुसार भुवनसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन् ।अधिकांश आवेदक सत्तारुढ दल कांग्रेस निकट फिल्मकर्मी हुन् । आइतबार थप केही फिल्मकर्मीले आवेदन दिने तयारी गरेका छन् । आवेदन दिइसकेकाहरु शक्तिकेन्द्रसँग लबिङ गरिरहेका छन् ।

असार ५ गते सूचना प्रकाशित गर्दै मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तीर्ण गरी फिल्ममा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी फिल्म क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड उल्लेख थियो ।

अभिनेता केसीले तोकिएको मापदण्डमा आफ्नो शैक्षिक योग्यता र उमेर बाधक नहुने भएपछि आवेदन दिएको बताए । तर बिहीबार सञ्चारमाध्यममा भुवनको योग्यता र उमेर बाधक भएको खबर आएका थिए । भुवनले यी दाबी गलत भएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?