+
+

अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १९:१४

१९ असार, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ ।

आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका अन्य सदस्यहरुमा केन्द्रीय निर्वाचन विभागको प्रमुख तथा उपमहासचिव विष्णु रिमाल र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले स्थानीय तह निर्वाचन सम्बन्धी विभिन्न उजुरीहरु आएको उल्लेख गर्दै कार्यदलले उजुरीहरुमाथि छानबिन गर्ने र आवश्यक कारबाहीको सिफारिस गर्ने बताए । ‘चुनावमा भएका विभिन्न अराजक कुराहरु, अनुशासनहीनताका कुराहरु, अन्तर्घातको विषयहरु यसले छानबिन गरेर आफ्नो रिपोर्ट पेस गर्नेछ र आवश्यक कारबाही यो आफैँले गर्न सक्नेछ’ उनले भने ।

बैठकले अनुसन्धान प्रतिष्ठान सञ्चालन कार्यविधिलाई पारित गरेको छ । त्यस्तै, स्थानीय तह विकास विभागको निर्देशिका पनि पारित गरेको छ ।

असार मसान्तसम्म सबै जिल्ला कमिटी र प्रदेश कमिटीहरुले निर्वाचनको समीक्षा रिपोर्ट तयार गरेर केन्द्रमा पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । त्यसैगरी बैठकले महंगी, मुद्रास्फिर्ति, मूल्यवृद्धि, नीतिगत भ्रष्टाचार, मलको अभावको विरुद्धमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?