+
+

अर्थमन्त्रीलाई कतार विश्वकप फुटबल हेर्न निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १९:२९

१९ असार, काठमाडौं । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई फिफा विश्वकप फुटबल हेर्न निम्तो दिएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मासँग शिष्टाचार भेट गर्दै राजदूत युसुफले विश्वकप हेर्न निम्तो दिएका हुन् । अर्थमन्त्री शर्माले राजदूतसँग भेट भएको र विश्वकप फुटबल हेर्न निम्तो दिएको बताएका छन् ।

‘नेपालका लागि कतारी राजदूत महामहिम युसुफ बिन मोहम्मद अहमद अल हेलबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ । सो भेटमा कतारी राजदुत महामहिम युसुफले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गर्नुभएको हुँदा उहाँलाई हार्दिक धन्यवाद’ मन्त्री शर्माले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा आयोजना हुँदैछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसमा यसपटक आयोजक कतारसहित एसियाबाट कीर्तिमानी ६ टिमले सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?