+
+

सलोन र शिल्पाको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १६:४४

काठमाडौं । सलोन बस्नेत र टिकटकबाट चर्चित शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने भएको छ ।

६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङ पनि सकिएको छ । फिल्ममा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ ।

त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । राईले यसअघि फिल्म मट्टीमाला र माया पिरिम निर्देशन गरिसकेका छन् । ‘मिलन’मा पटकथा पनि उनैले लेखेका हुन् ।

शिल्पाको यो पहिलो फिल्म हो । उनी टिकटकमा समेत चर्चित छन् । उनलाई लाखभन्दा बढीले टिकटकमा फलो गरेका छन् । तीनवटा गीत समावेश फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ ।

काठमाडौं र दोलखाको कालिञ्चोकमा छायांकन गरिएको यो फिल्मका निर्माता प्रवीण थापा हुन् । राहुल राईको छायांकन रहेको फिल्ममा तारा थापा किम्बेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?