+
+

अनमोल ‘जेरी २’मा अनुबन्धित, हेमराज बीसीले नै निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १७:३५

काठमाडौं । अभिनेता अनमोल केसी फिल्म ‘जेरी २’मा अनुबन्धित भएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् ।

आइतबार काठमाडौंको मेरियट होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् ।

दुवै निर्माता र अनमोलबीच लिखित सहमति भएको हो । निर्माता न्यौपानेका अनुसार अनमोलका अन्य फिल्मसँगको छायांकन तालिका मिलाएर फ्लोरमा जाने तयारी भएको छ ।

फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ । यसअघि फिल्मको नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी २’ मा आनाको निरन्तरता नहुने सम्भावना छ । नायिका चाहिं निश्चित नभइसकेको निर्माता न्यौपानेले बताए । फिल्मलाई २०८० सालको दशैंमा रिलिज गर्ने योजना छ ।

रोमान्टिक ड्रामा जनरामा बन्ने फिल्म सन् २०१४ मा प्रदर्शन भएको थियो । टिनएजरहरुले ‘जेरी’ निाकै रुचाएका थिए । अनमोलले हालै ‘छड्के २’ सहितका केही फिल्ममा काम गर्ने सम्झौता गरिसकेका छन् भने उनको होम प्रोडक्सन ‘पारस’ निर्माणको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?