+
+

भरतपुरमा आजदेखि रोजगार मेला

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते ९:०२

२१ असार, चितवन । जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले चितवनको भरतपुरमा रोजगार मेला आजदेखि सुरु हुँदैछ ।

भरतपुरको औद्योगिक प्रर्दशनी केन्द्रमा दुई दिनसम्म चल्ने मेलालाई वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला भनिएको छ ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा स्टल राख्न र प्रवेश गर्न निःशुल्क व्यवस्था गरिएको छ ।

मेलामा ६० स्टल रहने छन् । मेलामारत्ननगर र भरतपुर महानगरको पाँच/पाँच लाख रहनेछ । १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगार प्राप्त गर्न सकिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

‘एकातिर रोजगारी कहाँ पाइएला भनेर काम खोजिरहेको युवा बेरोजगारको पंक्ति र अर्कोतिर कामदारको अभाव झेलिरहेका व्यवसायीहरुलाई एकैठाउँमा भेटाउने मूल उद्देश्य मेलाको हो, यो देशमा नै पहिलोपटक भएको जस्तो लाग्छ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘इच्छुक तर हातमा सिप नभएका युवालाई पनि हामी उनीहरुको रुची अनुसारको सिपमूलक तालिमका लागि छनौट गछौं ।’

उनले महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैंक’को अवधारणाअन्तर्गतको कार्यक्रमका रूपमा रोजगार मेला सञ्चालन गर्न लागिएको बताए ।
युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनको भनाइ छ ।

मेलामा कुनै किसिमको आर्थिक कारोबार हुनेछैन । मेलाका लागि चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर अफ कमर्स, होटल व्यवसायी महासंघ नेपाल लगायतका केही उद्योगी व्यवसायी आवद्ध संघसंस्थाले पनि सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?