
२१ असार, काठमाडौं । होटल संघ नेपाल (हान) ले काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिएसँगै स्वास्थ्य मापदण्डको पूर्ण सुनिश्चितता गर्न होटल व्यवसायीहरुलाई सचेत गराएको छ ।
कोरोना भाइरस (कोभिड–१९) पूर्ण रुपमा निर्मुल नभइसकेको र हैजाको प्रकोप फैलिएपछि यसै साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हानसँग छलफल गरेको थियो । सो बैठकपछि हानले आफ्ना सदस्य होटलहरुलाई यस्तो आह्वान गरेको हो ।
विभागले स्वास्थ्य, सुरक्षा र सेवा सवलीकरणको विषयमा सहयोग गर्न अनुरोध गरेको थियो । विभागले होटलले देखिने गरी मूल्यसूची राख्नु पर्ने र त्यसरी राख्दा भ्याट र सेवा शुल्क भनी छुट्टा-छुट्टै नराखी मूल्य समायोजन गरी एकमुष्ट मूल्यसूची राख्न समेत विभागले होटल संघ नेपाललाई निर्देशन दिएको थियो ।
विभागले होटल र रेष्टुरेन्टमा जुनसुकै समयमा पनि अनुगमन हुन सक्ने भन्दै त्यस समयमा पूर्ण सहयोग गर्न समेत अनुरोध गरेको थियो ।
प्रतिक्रिया 4