+
+

शिवम् सिमेन्टको शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १३:२५

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स प्रालि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार सञ्चालन गर्न स्वीकृति पाएसँगै शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो ।

शिवम होल्डिङ्स लिमिटेडको अधिकृत पूँजी ५ अर्ब ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ भने शिवम् होल्डिङ्सले नेपालकै सबै भन्दा ठूलो क्षमतामा स्थापित अत्याधुनिक प्रविधियुक्त क्लिङकर र सिमेन्ट उत्पादन गर्ने चिनीया विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट प्रालिको संस्थापक रही उक्त उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ ।

शिवम् होल्डिङ्सको ३० प्रतिशत र चिनियाँ हङकङ रेड लाइन सिमेन्ट नम्बर ३ कम्पनीको ७० प्रतिशत सेयर लगानी रहेको होङशी शिवम् सिमेन्टले पहिलो चरणमा ६ हजार मेट्रिक टन क्लिङकर र सिमेन्ट विगत ३ वर्षदेखि उत्पादन तथा बिक्री वितरण गरी रहेको छ ।

दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६ हजार मेट्रिक टन उत्पादन गर्ने र दैनिक २० हजार मेट्रिक टन चुनढुङ्गा खानी स्थलबाट उद्योग स्थलसम्म पुर्‍याउने आधुनिक कन्भेयर वेल्ट निर्माणको क्रममा ५ किमी लामो सुरुङगमार्ग निर्माणाधिन अवस्थामा रहेको छ । उक्त कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर समेत वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?