+
+

पोग्बा, रासफोर्ड, लुकाकु र डेले अलीलाई नयाँ सिजन चुनौतीपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १७:३२
रासफोर्ड र पोग्बा ।

२१ असार, काठमाडौं । युरोपको नयाँ फुटबल सिजन सुरु हुनुअघि अहिले खेलाडी सरुवा बजार तातिरहेको छ । नाम चलेका खेलाडी एक क्लबबाट अर्को क्लबमा जाने क्रममा छन् । यस्तोमा नयाँ क्लबमा जाने खेलाडीहरुका लागि त्यहाँको माहोल र टिममा आफूलाई प्रमाणित गर्ने चुनौती छ ।

यस्तो चुनौतीको सामना गर्नु पर्नेमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेका पउल पोग्बादेखि चेल्सी छाडेर लोनमा इन्टर मिलान पुगेका रोमेलु लुकाकुसम्म छन् ।

इटालियन सिरी ए क्लब युभेन्टस जाने तयारीमा रहेका पोग्बाले युनाइटेडले गल्ती गर्‍यो भनेर देखाउन चाहेको बताएका छन् ।

२०१८ मा फ्रान्सका लागि विश्वकप जितेका उनले युनाइटेडमा ६ वर्ष बिताउँदा एक युरोपा लिग र एक कारावाओ कप मात्र जिते । उनले पछिल्लो तीन सिजन जम्मा ८ गोल मात्र गर्न सके ।

यस्तो स्थितिमा उनले युभेन्टसमा गएर यस सिजन आफूलाई प्रमाणित गर्ने चुनौती छ ।

चेल्सीमा निराशाजनक प्रदर्शन पछि लुकाकु लोनमा इटालियन क्लब इन्टर फर्केका छन् । इन्टरबाट ९७.५ मिलियन पाउण्डमा गत सिजन चेल्सी पुगेका बेल्जियम स्ट्राइकरको लागि त्यहाँ बसाईँ सुखद रहेन । चेल्सीमा खुशी हुन नसकेका उनले १५ गोल मात्र गरे ।

रोमेलु लुकाकु ।

इन्टरमा लोनमा आएका लुकाकुलाई चेल्सीका प्रशिक्षक थोमस टुचेल सामु आफूले के गर्न सक्छ भनेर देखाउने अवसर छ ।

युनाइटेडका मार्कुस रासफोर्डका लागि पनि अबको सिजन महत्वपूर्ण बन्न सक्छ । मैदान बाहिरका गतिविधि राम्रो भए पनि मैदानमा उनको प्रदर्शन राम्रो हुन सकेको थएन । २०२० को बिदामा विद्यार्थीलाई निःशुल्क खाना उपलब्ध गराउनका लागि सरकारलाई दबाब दिएर उनले चर्चा कमाएका थिए । यस्तै उनले लेखेको बालपुस्तक यु आर ए च्याम्पियनले ब्रिटिस बुक अवार्ड जितेको थियो ।

तर रासफोर्डले गत सिजन सबै प्रतियोगितामा गरेर जम्मा ५ गोल गरेका थिए । जनवरीदेखि उनले गोल गरेका छैनन् । यस्तै नेसन्स् लिगका लागि उनी इंग्लयाण्डको टिममा पनि अटाएनन् ।

त्यसैले कतारमा हुने विश्वकपमा राष्ट्रियमा टिममा स्थान बनाउन पनि रासफोर्डले नयाँ सिजन राम्रोसँग सुरुवात गर्नुपर्ने चुनौती छ ।

डेले अली कुनै समयमा राम्रो सम्भावना भएका खेलाडी थिए । तर पछिल्लो चार वर्षमा उनको फर्म नाटकीय रुपमा खस्केको छ ।

टोटनहममा टिनएजरको रुपमा पहिलो तीन सिजन उनले मिडफिल्डरको रुपमा ४६ गोल गरेका थिए ।

तर लय कायम राख्नुको सट्टा उनको स्तर खस्किएको छ । त्यसपछिको साढे तीन सिजन उनले जम्मा २१ गोल गरे ।

गतिलो प्रदर्शन गर्न नसकेकै कारण उनलाई टोटनह्यामले फ्री ट्रान्सफरमा एभरटन जान दियो ।

तर पनि डेले अलीका लागि केही राम्रो भएको छैन । उनले ११ खेलमा कुनै गोल गर्न सकेनन् ।

२६ वर्षीय अली यस सिजन फ्रान्क लाम्पार्डको मुख्य खेलाडी बन्न सक्लान् ? उनी इंग्लिस टिममा फेरि पर्लान् ? यी प्रश्नको उत्तर उनले नयाँ सिजनमा गरेको प्रदर्शनबाट नै मिल्ने छ ।

युनाइटेडका डोनी भान डे विक, युनाइटेडबाट लोनमा नटिङहम फरेस्ट पुगेका गोलकिपर डिन हेन्डरसन, युनाइटेड छाडेका अर्का खेलाडी जेसी लिनगार्ड फुलहमका अलेक्जेन्डर मिट्रोभिक लगायतलाई नयाँ सिजन राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती छ ।

-बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?