+
+

पीएसजीबाट बाहिरिए पोचेटिनो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १७:३८

२१ असार, काठमाडौं । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १८ महिनाको कार्यकाल अन्त्य गर्दै प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब छाडेको पुष्टि गरेको छ ।

५० वर्षीय अर्जेन्टिनी प्रशिक्षकलाई एक महिनाअघि नै बर्खास्त गर्ने चर्चा चलेको थियो । तर, मंगलबारमात्र क्लबले पोचेटिनो बाहिरिएको औपचारिक जानकारी दिएको हो ।

फ्रान्सेली शीर्ष डिभिजनको अर्को क्लब निसका पूर्व प्रशिक्षक क्रिष्टोफ गाल्टियरले पीएसजीमा पोचेटिनोको स्थान लिने अपेक्षा गरिएको छ ।

पोचेटिनोले पीएसजीलाई कीर्तिमानी दशौं लिग उपाधि दिलाएका थिए । प्रशिक्षकका रुपमा उनको यो पहिलो लिग उपाधिसमेत हो ।

क्लबको आधिकारिक वक्तव्यमा भनिएको छ, ‘माउरिसियो पोचेटिनोले पीएसजीमा उनको जिम्मेवारी अन्त्य गर्ने निर्णय गरेका छन् । पोचेटिनो र उनका अफिसियलहरुलाई अहिलेसम्मको कामका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना दिन चाहन्छौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?