+
+

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, दाम्बुला जायन्ट्सले राख्यो टिममा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते २०:२४

२१ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् ।

उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट टिममा समावेश गरेका छन् ।

दाम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेकाे छ ।

लामिछानेले दिल्ली डेयर डेभिल्सबाट इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटसहित, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्टइन्डिज, क्यानडालगायतका देशमा लिग क्रिकेट खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?