+
+
Shares

मनोरञ्जन कर तिर्न सिनेमा हललाई काठमाडौं महानगरको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १३:०४
काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायत

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर तिर्न सिनेमा हल लगायत मनोरञ्जन क्षेत्रलाई आग्रह गरेको छ ।

महानगरले सूचना जारी गर्दै यस क्षेत्रभित्र रहेका फिल्म घर, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सांस्कृतिक प्रदर्शन हल, थिएटर, नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एण्ड स्पा, स्वीमिङ पुल र पार्कलाई कर तिर्न भनेको हो ।

राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न समेत महानगरले आग्रह गरेको छ । काठमाडौं महानगरभित्र सञ्चालित फिल्म हललाई यसअघि पनि महानगरले कर तिर्न आग्रह गरेको छ ।

सिनेमा हलले टिकट बिक्रीको ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?