+
+

९० केजी गाँजासहित २ भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १३:२१

२२ असार, पर्सा । प्रहरीले ९० केजी लागु औषध गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले UP70 BK 9955 नम्बरको इन्डिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाइ राखेको ९० के.जी. गाँजासमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?