
२ असार, काठमाडौं । काठमाडौं विश्वविद्यालयले सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट र एस्पायर कलेज विराटनगरमार्फत सिन्धुली र विराटनगरमा कार्यक्रम विस्तार गरेको छ । केयूले बुधबार धुलिखेलमा एक समारोहबीच यी दुई संस्थाहरुसँग पुरक सम्झौता गर्दै कार्यक्रम अघि बढाएको जनाएको छ ।
सम्झौता अनुसार सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटले ब्याचलर अफ टेक्निकल एजुकेसन इन्फर्मेशन टेक्नोलोजी र ब्याचलर अफ टेक्निकल एजुकेसन सिभिल इन्जिनियरिङमा ३०/३० जना विद्यार्थी भर्ना गरी अध्यापन सुरु गर्ने र एस्पायर कलेजले ब्याचलर अफ टेक्निकल एजुकेशन इन्फरमेसन टेक्नोलोजी र ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटिमा ३०/३० विद्यार्थी भर्ना गरी अध्यापन सुरु गर्ने जानकारी दिइएको छ ।
काठमाडौं विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रम सम्बन्धी नियम, २०७१ अन्तर्गत काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यी कार्यक्रमहरु संचालन हुने भएकाले मापदण्ड अनुसार आवश्यक पर्ने जनशक्ति र भौतिक व्यवस्थापन सम्बन्धी कार्यहरुमा लाग्ने सम्पूर्ण प्रशासनिक तथा शैक्षिक खर्च कार्यक्रम संचालन गर्ने संस्थाले व्यहोर्ने व्यवस्था छ ।
कार्यक्रमका प्राचार्य वा डाइरेक्टर वा कोओर्डिनेटरको नियुक्ति काठमाडौं विश्वविद्यालयले गर्ने र निर्धारित शिक्षण शुल्कमध्ये प्रतिवर्ष भर्ना हुने व्याच (समूह) का विद्यार्थीहरूबाट प्राप्त भएको शिक्षण शुल्कको २०% रकम पनि कार्यक्रम संचालन गर्ने संस्थाले काठमाडौं विश्वविद्यालयलाई बुझाउने शर्तका आधारमा यि कार्यक्रमहरु संचालन गर्ने अनुमति सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट र एस्पायर कलेजलार्य दिईएको केयूले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापाले विश्वविद्यालयले आफ्ना कार्यक्रमहरु देशव्यापी बनाउने सन्दर्भमा आंङ्गिक तहमा, सहकार्य र सम्बन्धनमा पनि जाने गरी काम थालेको बताए ।
प्रतिक्रिया 4