+
+

विराटनगर बसपार्कको प्रतीक्षालयमा पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते ९:२४

२३ असार, विराटनगर । विराटनगर बसपार्कमा एक पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका-११ स्थित बसपार्कमा आज बिहान पुरुष मृत फेला परेका हुन् ।

बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ  ।

उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए ।

शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएकाे छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?