+
+

प्रेस युनियनको पदाधिकारीमा क-कस्को दाबी ?

नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढीले दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:१०

२४ असार, काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढीले दाबी गरेका छन् ।

अध्यक्षको दाबी गर्नेमा अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, दिपक आचार्य, शिव लम्साल,सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडीलगायत छन् ।

संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेकामध्ये अनिता विन्दु र सरोज अधिकारी बलियो दाबेदार हुन् । युनियनको अध्यक्षको उम्मेदवार घोषणा गरेकी अनिता विन्दु पत्रकार महासंघको पूर्वउपाध्यक्षसमेत हुन् । विन्दुले युनियनको पूर्वउपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन् । संस्थापन पक्षबाटै दाबी गर्ने अधिकारी युनियनको वर्तमान कोषाध्यक्ष हुन् ।

यता, संस्थापनइतरबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्व महासचिव शिव लम्सालको दाबी रहेको छ । यस्तै अध्यक्षमा आकांक्षा राख्ने सन्तोष न्यौपाने प्रेस युनियनका पूर्वसचिव हुन् । पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको दाबीबाट पछि हटेका रामप्रसाद दाहाल पनि युनियनको अध्यक्षको आकांक्षी हुन् । उनी पार्टीभित्रको कुनै समूहमा भने देखिएका छैनन् ।

वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उपाध्यक्षमा दिलिपाश्री अधिकारी, सलोजा दाहाल, ऋषिकान्त पौडेल, कल्पना शर्मा, जनार्दन घिमिरेलगायतले दाबी गरेका छन् ।

कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्कीले महासचिवको उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्यत्रय दिलिप पौडेल, रमेश वाग्ले, शिवराज योगीले महासचिवको उम्मेदवारको आकांक्षा देखाएका छन् ।

यस्तै महासचिवको उम्मेदवारी घोषणा गर्नेमा काठमाडौं शाखाका पूर्वअध्यक्ष नकुल अर्याल, कञ्चनपुर शाखाका पूर्वसचिव केशव साउद, विमल ज्ञवालीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै उपमहासचिवमा रविन्द्र सुवेदी, भुवन शर्मा, सुलोचना गौतम, युवराज गौतम, कुसुम बिक (सेन्चुरी)ले आकांक्षा देखाएका छन् ।

माधव धिताल, मित्र भण्डारी, पदम जोशीलगायतले कोषाध्यक्षको उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन् । सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मी, कालिका महत, एलपी देवकोटा, टिकाराम सुनार लगायतले दाबी गरेका छन् ।

युनियनको महाधिवेशनका लागि सहजीकरण गर्नका लागि पार्टीले प्रवक्ता डा.प्रकाशशरण महतलाई जिम्मेवारी दिएको छ । नयाँ कार्यसमिति सर्वसहमत बनाउनका लागि बिहीबार महतले अध्यक्षका प्रत्यासीसँग छलफल राखेका थिए । सर्वसहमतिमा नेतृत्व चयन गरि सकरात्मक सन्देश दिने प्रयास भइरहेको वर्तमान अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

युनियनको ९औं महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुने गरी समय तोकिएको छ । तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमितिले आठ वर्ष विताएको छ । ०७१ भदौमा ८ औं महाधिवेशन भएको थियो । महाधिवेशनका लागि मनोनितबाहेकका एक हजार ६२० प्रतिनिधि चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?