+
+

आर्थिक अपचलन मुद्दामा फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १४:३२

२४ असार, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनी एक आर्थिक अपचलनको मुद्दामा निर्दोष ठहर भएका छन् ।

यी दुईलाई २ मिलियन स्वीस फ्र्यांक रकम अपचलनको मुद्दा लागेको थियो ।

सन् २०११ मा अनधिकृत रुपमा ब्लाटरले प्लाटिनीलाई सो रकम दिएको दाबी गरिएको थियो । दुवैले आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए ।

प्लाटिनीले त्यतिबेला फिफाको सल्लाहकारका रुपमा गरेको कार्यका लागि ढिला भुक्तानी गरिएका कारण गलत बुझाइ भएको दावी गरिएको छ ।

शुक्रबार अदालतमा पुग्दै गर्दा ब्लाटरले भनेका थिए, ‘म मेरो जीवनमा निर्दोष छैन, तर यो मुद्दामा म निर्दोष छु ।’

स्वीटजरल्याण्डको बेलिनजोनास्थित आपराधिक अदालतमा ११ दिन लामो अनुसन्धान जुन २२ मा सकिएको थियो ।

बयानका क्रममा  ब्लाटरले सन् १९९८ मा आफूले पहिलोपल्ट विश्व फुटबलको नियामक निकायको नेतृत्व लिएलगत्तै प्लाटिनीलाई सल्लाहकारका लागि प्रस्ताव गरेका बताएका थिए ।

त्यतिबेला प्लाटिनीले वार्षिक १ मिलियन स्वीस फ्र्यांक मागेको तर, त्यति ठूलो रकम तिर्न फिफा असमर्थ हुने जानकारी गराएको ब्लाटरले बताएका छन् । तर, पछि भुक्तानी हुने गरी वार्षिक ३ लाख स्वीस फ्र्यांकमा काम गर्ने सहमती भएको थियो ।

‘मलाई थाहा छ मिचेल प्लाटिनीसँग सम्झौता हुँदा हामीले त्यति रकममा गरेका होइनौं । यो एउटा जेन्टलमेन्ट अग्रिमेन्ट थियो,’ ब्लाटरले बयानका क्रममा भनेका छन्, ‘यो सम्झौता दुई खेलव्यक्तिबीच थियो । र, यसमा कुनै खरावी थिएन ।’
३ पल्टका बेलोन डी’ओर विजेता प्लाटिनीले भनेका छन्, ‘मैले अध्यक्षलाई विश्वास गरेँ । र, मलाई थाहा थियो एकदिन उनले मेरो भुक्तानी दिनेछन् ।’

प्लाटिनीले सन् २००२ पछि फिफाका लागि काम गर्न छाडेका थिए । तर सन् २०१० सम्म आइपुग्दा उनले फिफालाई भुक्तानीका लागि कुनै दवाव दिएका थिएनन् ।

अदालतमा दिएको बयानअनुसार प्लाटिनीले आफूलाई पैसाको जरुरी नभएका कारण नमागेको बताएका छन् । फिफा आर्थिक संकटमा पुगेका कारण अफ्नो भुक्तानी रोकिएको उनको बुझाइ थियो ।

तर, जब प्लाटिनीले आफूजस्तै काम गरेका दुई पूर्व कर्मचारीलाई फिफाले पर्याप्त रकम दिएको थाहा पाए । त्यसपछि उनी फिफाको सम्पर्कमा पुगे । फिफाले उनलाई रसिद पठाउन भनेपछि जनवरी २०११ मा रसिद पठाएको १० दिनमै उनले रकम भुक्तानीका लागि ब्लाटरको स्वीकृति पाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?