+
+
एन्फा र क्लबबीच समझदारी :

नेपाल सुपर लिगको सम्झौता रद्द गर्न सिफारिस गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १६:५१

२४ असार, काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियाेगिता नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)बीचको सम्झौता रद्द गर्न लागि सिफारिस गरिने भएको छ ।

एन्फा पदाधिकारी र एनएसएललाई लिएर असन्तुष्ट रहेका चार ए डिभिजन क्लबबीच शुक्रबार भएको छलफलपछि एनएसएल आयोजना गर्न गरिएको सम्झौता प्रक्रियाविपरीत रहेकाले रद्द गर्न सिफारिस गर्ने निर्णय भएको हो ।

छलफलमा एन्फाको तर्फबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, अन्य दुई उपाध्यक्ष, महासचिव र महिला सदस्य तथा चारवटा क्लबका प्रतिनिधि सहभागी थिए ।

छलफलमा सहभागी थ्री स्टार क्लबका महासचिव सन्जीव शिल्पाकारले सम्झौतामा उल्लेख भएका केही विषयहरुमा प्रक्रिया नमिलेकोले रद्द गर्नका लागि एन्फा कार्यसमितिमा सिफारिस गर्ने निर्णय भएको बताए ।

‘सम्झौतामा कहिले हस्ताक्षर भएको मिति उल्लेख छैन । सात प्रदेशको टिम बनाउने भन्ने थियो । यस्तै एएफसी र फिफाबाट मान्यता लिने जस्ता थुप्रै प्रक्रिया नमिलेका सम्झौता भएकोले रद्द गर्नका लागि सिफारिस गर्ने निर्णय भएको हो,’ शिल्पकारले अनलाइनखबरँिग भने ।

नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको आयोजक एनएसइएमका सीईओ सुदीप शर्माले भने आफूले समाचारबाटै यो विषय थाहा पाएको बताए । उनले यस विषयमा एन्फासँग छलफल हुने बताए ।

कोभिड(१९ महामारीका बेला फुटबल गतिविधि नहुँदा एन्फाले निजी क्षेत्रसँग मिलेर २०७८ सालको सुरुमा पहिलो संस्करणको एनएसएल सफलतापूर्वक आयोजना गरेको थियो ।

तर, खेलाडी अक्सन गरेको विषयमा ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा २०७८ चैतदेखि हुने भनिएको दोस्रो संस्करण तोकिएको समयमा हुन सकेन । ए डिभिजन क्लबहरुले आफ्नो क्लबमा करारमा रहेकै बेला खेलाडीहरुको अक्सन गरेको भन्दै विरोध गरेपछि एनएसएल र क्लबबीचको विवाद सुरु भएको थियो । विवादले ठूलो रुप लिँदै जाँदा एन्फाले पनि समयमै यसबारे निर्णय गर्न सकेन र एनएसएल स्थगित भएको थियो ।

एन्फा र एनएसएल आयोजकबीच भएको सम्झौतामा उल्लेख विभिन्न बुँदामा आपत्ति जनउँदै ए डिभिजनका क्लबहरुले आपत्ति जनाएपछि एन्फाले मिति उपलब्ध गराए पनि दोस्रो संस्करण आयोजना हुन सकेन ।

त्यसपछि आयोजकले एन्फासँग दोस्रो संस्करणका लागि नयाँ मिति माग गरेको थियो ।

एन्फाको अघिल्लो कार्यसमितिले निर्वाचनको केही समयअघि एनएसएल आयोजनाका लागि २०७९ भदौ २५ देखि कात्तिक ५ सम्मको मिति उपलब्ध गराएको थियो ।

६ असारमा भएको एन्फा निर्वाचनबाट अध्यक्ष नियुक्त भएलगत्तै पंकजविक्रम नेम्वाङले एनएसएलको लागि कलबहरुसँग छलफल गरेर अघि बढ्ने प्रतिक्रिया दिएका थिए ।

त्यसपछि एनएसएलका प्रतिनिधि र एन्फाको नयाँ नेतृत्वबीच भेटघाट पनि भएको थियो । एनएसइएमका सिइओ शर्माले त्यो भेट नयाँ कार्यसमितिलाई बधाई दिनका लागि भएको र अन्य छलफल नभएको बताए ।

एनएसएलका लागि सम्झौता नै रद्द गर्न एन्फा कार्यसमितिमा पेश गर्ने निर्णय भएपछि अब यसको भविष्य के होला भन्ने प्रश्न उठेको छ ।

एनएसएल आयोजनाका लागि एन्फा र एनएसइएमबीच चार वर्षको लागि सम्झौता भएको र त्यो २०२२ सम्मको लागि रहेको सुदिप शर्माले बताए । यसपछि कसरी अघि बढ्ने भनेर छलफल हुने उनले जानकारी दिए ।

थ्रीस्टारका महासचिव शिल्पकारले भने एनएसएल आयोजना गर्ने र अघि बढाउने हो भने त्यसमा नमिलेका विषयमाहरुमा सुधार गरेर जानुपर्ने बताए ।

छलफलमा सहभागी एन्फा उपाध्यक्ष दावा लामाले नमिलेका विषयमा मिलाएर पुनः सम्झौता गर्ने गरी अगाडि बढ्नेबारे कुराकानी भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘ए’ डिभिजन क्लबहरु यो सम्झौतासँग सुरुदेखि नै असन्तुष्ट थिए । कतै यो सम्झौता नै अवैधानिक पो हो कि ? भन्ने भयो । त्यसैले यसलाई रद्द गर्न सिफारिस गर्ने र एन्फाले नयाँ ढंगमा सम्झौता गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?