+
+

दक्षिण कोरियामा बन्यो इन्टरनेट एक्सप्लोररको चिहान !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १९:४९

२४ असार, काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो २७ वर्ष पूरानो वेब ब्राउजर इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द गर्‍यो । यो घटना दक्षिण कोरियाली सफ्टवेयर इन्जिनियर जोंग कि योंगका लागि पनि अविश्मरणीय रह्यो । किनकी माइक्रोसफ्टको यो निर्णय इन्टरनेट एक्सप्लोरर सँगको २७ वर्ष लामो उनको तितो मिठो सम्बन्धको अन्त्य थियो ।

इन्टरनेट एक्सप्लोररको मृत्युको स्मरण गर्नका लागि उनले पूरै एक महिना समय र ४ लाख ३० हजार कोरियन वन खर्च गरेर चिहानमाथि राखिने शिलालेखको डिजाइन गरे र सोही डिजाइनको शिलालेख तयार गरिदिने अर्डर पनि गरे । उक्त चिहानको ढुंगामा इन्टरनेट एक्स्प्लोररको अंग्रेजी इ अक्षरको लोगोसँगै लेखिएको थियो : He was a good tool to download other browsers.

त्यसपछि उनले गेओंग्जु सहरस्थित आफ्नै दाइले सञ्चालन गरेको एक क्याफेमा इन्टरनेट एक्सप्लोररको चिहान ढुंगा सहितको स्मारक अनावरण गरे । जुन तस्वीर एकाएक भाइरल बन्यो ।

उक्त स्मारकले पूरानो इन्टरनेट एक्सप्लोरर सफ्टवेयर प्रतिको आफ्नो मिश्रित अनुभुति प्रकट गर्ने उनी बताउँछन् । उक्त ब्राउजरले आफ्नो कामकाजी जिवनमा ठूलो भूमिका निर्वाह गरेको पनि उनको भनाइ छ ।

पूरानो ब्राउजर हुनुका कारण केही कमजोरी तथा असजिलो भएपनि एउटा युगमा एकछत्र राज गरेको ब्राउजर रहेको र इन्टरनेट एक्सप्लोररसँग आफ्नो लभ हेट रिलेसनसीप रहेको उनी बताउँछन् ।

आफुले वेबसाइटहरु डिजाइन गर्दा इन्टरनेट एक्सप्लोररमा काम गर्ने साइट डिजाइन गर्न अरुमा भन्दा थप मेहेनत गर्नुपरेको उनको अनुभव छ । तर दक्षिण कोरियाका सरकारी कार्यालयहरु त्था बैंकहरुमा वर्षौंसम्म डिफल्ट ब्राउजरको रुपमा रहेको इन्टरनेट एक्सप्लोरर प्रति कोरियालीहरुमा ठूलो आशक्ति थियो । उनका ग्राहकहरु ऋाफ्नो वेबसाइट इन्टरनेट एक्सप्लोररमा राम्रो देखियोस् भन्ने चाहन्थे ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?